पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !
मिडियाबाजी डटकम,पोखरा ।
• नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियोे ।
• नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको थियोे ।उहाँले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल प्रवृत्ति भएको बताउनु भएको थियोे।अबको पुस्ताले सांस्कृतिक रूपान्तरणमा प्रगतिशील साहित्यको भूमिका महत्त्वपूर्ण छ भन्ने बुझ्नु जरुरी भएको बताउँदै कवितासमेत वाचन गर्नुभएको थियो।
•विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले मार्क्सवादी साहित्य र संस्कृतिले मात्रै समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभएको थियोे ।उहाँले नेपाल जस्तो बहुजातीय र बहुभाषिक समाजमा 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने उद्घघोष सार्थक भएको बताउँदै प्रतिष्ठानका कार्यहरू बारे प्रकाश पार्नु भएको थियोे ।
•विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले कार्यक्रममा गीत प्रस्तुत गर्दै
भाषा ,साहित्य र संस्कृतिको उन्नायन बारे चित्रण गर्नुभएको थियोे ।
• गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे नेपाल संस्कृत विश्व विद्यालयका अध्यापक ,कवि ,समालोचक तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियोे ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा मगरभाषा साहित्यका अध्येता लोकबहादुर थापा मगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यस बारे डा. यमनाथ तिमिल्सिनाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियोे ।
•त्रिविका अध्यापक तथा दर्शनशास्त्रका अध्येता समीर सिंहले ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गर्नुभएको थियोे ।
•कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला, छवि सुवेदीले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।
•गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनीले कार्यक्रमको उद्घोषण गर्नुभएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न
पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ।
‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...
रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए ।
थापा लामो समयदेखि नेपाली...
गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन
चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...
प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...
उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण
काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...



