नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
काठमाडौँ । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन् । विभिन्न नदी किनारका सुकुम...
च्याउ किसान संघ काठमाडौँको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत
काठमाडौँ , मंसिर ११। च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ...
अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ । नेपालमा रहेका गैर आवासीय नेपाली एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली...
पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...
दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो । हालसम्...
बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्...



