लगानी बोर्डद्वारा दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको २१ अर्बभन्दा बढीको लगानी स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना ५८.९ मेगावाट र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको सानी भेरी ३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना ४६.७२ मेगावाटको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले अरुण–३ जलविद्युत् परियोजना ९०० मेगावाटले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना ९०० मेगावाटका सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको समेत गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरिएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनी दायित्वको कार्यान्वयन तथा समाज कल्याण परिषद्को सम्पत्तिको प्रभावक...
नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य
काठमाडौँ । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थ...
विदेशी मुद्राको विनिमय दर, डलर १५२ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यसैगरी युरोपियन य...
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रब...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।



