इरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार
काठमाडौँ । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम सीजफायर प्रस्ताव अस्वीकार गरेको छ । अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो। तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ । यसैबीच, इरानले शुक्रबार अमेरिकाका दुई लडाकु विमान खसालेको दाबी गरेको छ । तीमध्ये एक एफ–१५ इ फाइटर जेट र अर्को ए–१० आक्रमणकारी विमान रहेको बताइएको छ ।
एफ–१५ माथि इरानभित्रै आक्रमण भएको जनाइएको छ। सो विमानका एक क्रु सदस्यको उद्धार गरिएको छ भने अर्का सदस्य अझै बेपत्ता रहेको जानकारी दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार ए–१० विमान पर्सियन गल्फ क्षेत्रमा खसेको हो। यद्यपि, अमेरिकी अधिकारीहरूले भने उक्त विमान दुर्घटनाग्रस्त भएको वा खसालिएको भन्ने विषय स्पष्ट नभएको बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
काठमाडौँ । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, च...
इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु
काठमाडौँ । पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...
युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा
काठमाडौँ । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्...
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...



