नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो।
वेबसाइटमा लेखिएको छ, यदि, यो बालबालिका मार्ने अपराधी जीवित छ भने, हामी पूर्ण शक्तिका साथ उसको पिछा गर्नेछौँ र उसलाई मार्नेछौँ । युद्धका बीच दुवै पक्षबाट एक–अर्कालाई लक्षित गर्दै धम्की दिइँदै आएका बेला यस्तो चेतावनी आएको समाचार संस्था एएफपीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्य...



