नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
मौसमविद् पौडेलले भने, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर, एक हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ । तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुनसक्छ ।” उनका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।
नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो। तर, भारतमा तोकिएको औषत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको मौसमविद् पौडेलले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल बन्द
काठमाडौँ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले...
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै अवस्थित छ...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...



