शनिबार, २१ कात्तिक २०८३
नेपाली

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

Main News Image

काठमाण्डौँ । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।

सोही तयारी स्वरूप बिहीबार डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इन्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाद्वारा भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । “प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यही तयारीस्वरुप भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले रेल सेवाको परीक्षण गरिएको छ ।” 

उनका अनुसार भारतको अयोध्याबाट बिहान ९ः०० बजे जनकपुरधाम हुँदै कुर्थासम्म आइपुगेको विशेष परीक्षण रेल बिहान ११ः०० बजे पुनः जनकपुरधाम आइपुगेको छ  ।

mediabaaji add

सम्बन्धित खबर

नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो !

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन...

आजदेखि यी कम्पनीको आईपीओ खुल्ला

काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता...