जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयमा आएका समाचारहरूको प्रष्टीकरण दिएको हो ।
विगतका वर्षहरूमा घटेका विपद्का घटनाहरूलाई मध्यनजर गर्दै सेनाले वर्षातको समयमा हुन सक्ने बाढी, पहिरो, डुबान र नदी कटानको जोखिम न्यूनीकरण गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ। मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यले सेनाले विपद् पूर्व तयारीको योजना अघि सारेको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न न...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
वन हेरालुको वीभत्स हत्या : शरीरभन्दा सय मिटर टाढा भेटियो टाउको, एक पक्राउ
काठमाडौँ । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन परियोजनामा कार्यरत वन हेरालु रामईश्वर महतोको वीभत्स हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ। शनिबार घाटी काटेर हत्या गरिएको अवस्थामा टाउको बिनाको शव फेला परेका महतोको काटिएको टाउको आज आइतबार घटनास्थलबाट...
दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...
चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा
काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन...



