शुक्रबार, १२ भदौ २०८३
नेपाली

जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम् जनमत साहित्य बाटिकाको आयोजनामा महिला कविगोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना आइ अोपनर्सको कार्यालय चाकुपाट, ललितपुरमा भव्यतापूर्वक सम्पन्न भएको थियोे। उहाँले 'हामी निरीह प्राणीका हत्यारा हौँ' शीर्षकमा व्यङ्ग्यात्मक कविता वाचन गर्दै नेपाली भाषा , साहित्यलाई राज्यको अनुत्पादक ठान्ने प्रवृत्तिले साहित्यिक सर्जकहरूमाथि अन्याय भएको बताउनुभएको थियोे। उहाँले निम्न मध्यम वर्गका जनता,गरिब र दु:खीमाथि अन्याय भएको चित्रण गर्दै  ,भ्रष्टाचार रअराजकताले सीमा नाघेको बताउनु भयो ।साथै ,यस्तो अवस्थामा लेखक ,साहित्यकार चुप लाग्न नहुने कुरा बताउनु भएको थियोे ।

         प्रमुख अतिथि नेपाली कला साहित्य डटकमकी अध्यक्ष तथा चर्चित कवि मोमिला जोशी जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालद्वारा सम्मानित हुनुभएको थियोे।

२०८१मा आयोजित जनमतको ४१ ओैँ वार्षिकोत्सबमा सम्मानित व्यक्तित्व मोमिलालाई पुरक कार्यक्रम आयोजना गरेर उक्त सम्मान समर्पण गरिएको थियोे ।उहाँले सम्मान ग्रहण गर्दै साहित्यमा सामाजिक अनुमोदन हुनु भनेको ठुलो कुरा भएको बताउनु भएको थियोे। उहाँले स्रष्टा-द्रष्टा मोहन दुवाल नेपाल देशले नचिनेको हिरा भएको ठोकुवा गर्दै 'भीमसेनको सुसाइट नोट ' शीर्षकको कविता वाचन गर्नुभएको थियोे ।

        विशेष अतिथि ,चर्चित साहित्यकार उषा शेरचनले महिला र समाजले भोग्नु परेका पीडा र अन्यायविरुद्ध जागृतिको शङ्खघोषसहित नयाँ चेतना र विद्रोहको खोजीको अपरिहार्य दर्साउँदै कविता वाचन गर्नुभएको थियोे ।

      विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले जनमत साहित्य बाटिका महिला कविगोष्ठीमा वाचन गरिएका १४ वटा कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे।प्राज्ञ धमलाले वाचित कविताले देशको वर्तमान अवस्था ,कुशासन ,विकृति ,विसङ्गति अराजकता ,अन्याय र हिंसाविरुद्ध कविता प्रतिबिम्बित भएको धारणा राख्नुभएको थियोे ।उहाँले 'आमा' शीर्षकमा प्रस्तुत भएका कविताले 

आमा हुनु र जिउनुको चित्रण गर्दै मातृप्रेम र अगाध स्नेहका साथै महिलाले भोग्नु परेको पारिवारिक र सामाजिक हिंसा समेत चित्रण गरेको बताउँदै अबका कवितालाई कृत्रिम बौद्धिकताबाट जोगाउन निकै कठिन हुने बताउनु भएको थियोे ।

जनमत साहित्य डटकमका सम्पादक तथा कवि सिर्जना दुवालले स्वागत मनतव्यसहित 'आत्मीय गठबन्धन' शीर्षकको कविता वाचन गर्नुभएको थियोे । 

        यसैगरी जनमत साहित्य बाटिका महिला कविगोष्ठीमा प्रा.डा. सविना श्रेष्ठ,डा. सावित्री श्रेष्ठ,कमला कायस्थ,तारा केसी ,पूर्णदेवी न्यौपाने,राधादेवी राजवंशी ,सविता श्रेष्ठ 'बेहोसी',शारदा घिमिरे भैल ,धनकुमारी न्यौपाने ,मोतीशोभा श्रेष्ठले आआफ्नो कविता वाचन गर्नुभएको थियोे ।जनमतका सम्पादिका भारती श्रेष्ठ,पत्रकार भगवती तिमल्सिना लगायतको उपस्थिति रहेको यस कार्यक्रमको उद्घोषण मानवअधिकारकर्मी राजु सरकारले गर्नुभएको थियोे ।जनमतले नेपाली भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा ४२ वर्षदखि विशिष्ट योगदान पुर्याउँदै आएको छ ।स्रष्टा उत्पादनशालाको रूपमा समेत छवि बनाएको जनमत देश विदेशमा समेत सुपरिचित रहेको छ।

 •सम्प्रेषण प्राज्ञ चेतनाथ धमला

mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

ऐतिहासिक रेकर्डमा सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...

सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...

झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनीहर...

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।

प्रहरीका अनुस...