झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।
उनको नेतृत्वमा शनिबार भेलासमेत गरी अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो । नेता खनालले अब अहिलेको अवस्था विश्लेषण गर्दा अब समाजवादको बाटोमा जानुको विकल्प नरहेको भन्दै आफुहरुले यो अभियानको शुरुवात गरेको उल्लेख गरे ।
उनले नेकपामा देखिएको दक्षिणपन्थी भड्काउका कारण पराजय भोग्नुपरेको फागुन २१ को निर्वाचनपछि सबै दल सानो भएको र खुम्चिएको बताए।
एक्सप्रेस
सम्बन्धित खबर
जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट खारेज
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भ...
मतदाता नामावली सच्याउन पाइने
काठमाडौँ । मतदाता नामावली छुट या त्रुटि भएमा सच्याउन पाइने भएको छ । निर्वाचन आयोगले ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्...
छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप
काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवक...
रेशम चौधरीको रिटमा पेशी तोकियो
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दर्ता गरेको रिट फेरि पेशी तोकिएको छ । चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि...
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डीपीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्य...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दाबी, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रकाश रिजालको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा प्रकाश रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
रिजालले पार्टीको...



