बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

Main News Image

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन बालेन्द्र शाह झापातिर आएको बताएका छन्। सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।

उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन। आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन फेरि लड्नको लागि। किन यहाँ आउनुपर्‍यो। यो कुरा साथीहरुले बुझ्नु भएको छ।’

यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताए।

mediabaaji add

सम्बन्धित खबर

चाडपर्व सकिएलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले चाडपर्व सकिएलगत्तै आफ्नो पार्टी सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने बताएका छन्। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार महँगी, भ्रष्टाचार र कुशासनमा...

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न सात दलको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जस...

अवैध खानी–क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुगेका छन् । उनले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका माप...

राष्ट्रपति पौडेल कतारतर्फ  प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ...

सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...

पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन् : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् । उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समा...