स्वर्णिम वाग्लेको दिल्ली वक्तव्यमाथि कमल थापाको प्रहार : ‘सीमा र नाकाबन्दीविरुद्ध बोल्नु भारत-विरोध होइन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यक्त गरेको धारणाप्रति कडा आपत्ति जनाउँदै त्यसको तीव्र विरोध गरेका छन् ।
अर्थमन्त्री डा। वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने पुराना भाष्य र युगको अन्त्य भएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको खण्डन गर्दै नेता थापाले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको भनाइ आपत्तिजनक र नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुंगा सुरूङमार्गमा साउनदेखि सञ्चालनको तयारी
काठमाण्डौा । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी : त्रिपक्षीय सम्झौता सम्पन्न
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता...
बढ्यो पेट्रोल र डिजेलको मूल्य !
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमले पेट्...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६...
फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ फागुन महिनामा बैंकहरूको अधिकतम...
अमेरिकी डलरको मूल्य बढ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुप...



