काठमाडौं अधिवेशन मङ्सिर २१ गते हुने, देउवाले उद्घाटन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन यही मङ्सिर २१ गते हुने भएको छ। समानान्तर गतिविधि गर्दै आएको सो समूहले काठमाडौं जिल्ला अधिवेशन मङ्सिर २१ गते गर्ने गरी तयारी अगाडि बढाएको हो।
नेपाली कांग्रेसका नेता दिनेशविक्रम शाहका अनुसार अधिवेशन मङ्सिर २१ गते शनिबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ। उक्त अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवाले गर्ने कार्यक्रम तय भएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन्...



