काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव
काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ ।
० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । काठमाडौंको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ ।
काठमाडौं उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ । वायु प्रदूषण बढेसँगै बाहिर व्यायाम वा मर्निङ वाक नगर्न सुझाव दिइएको छ । त्यस्तै, झ्याल ढोका बन्दा राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । यसको साथै, बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल पर...
ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सह...
आज विश्व हेपाटाइटिस दिवस : बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै
काठमाडौँ । आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्...
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षे...



