चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । कार्यवाहक प्रमुख डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन । आवश्यक छ जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ,’ उनले थप्दै भनिन्, ‘सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्छ ।’ विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सर्वसाधारणले खाने चामलमा विषादी
काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा...
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूष...
नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ
काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई...
नेपाल पनि निपाह भाइरसको उच्चजोखिममा
काठमाडौँ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ । यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् । चमेरा, बङ्गुर लगायतका ज...



