काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्रदूषणसमेत थपिएको छ ।
वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ । एयर क्वालिटी इन्डेक्स एक्यूआई अनुसार काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क निकै खराब रहेको छ । मंगलबार बिहान एक्यूआई २०१ भएको छ । सोमबार २०० रहेको थियो ।
यससँगै काठमाडौँ सोमबार र मंगलबार विश्वको दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । पहिलो स्थानमा मंगलबार बिहान भारतको दिल्ली रहेको छ । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला लगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन्।
ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन्। स्थानीय खेम र...
दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे
काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...
सर्वसाधारणले खाने चामलमा विषादी
काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा...
ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सह...
सर्लाहीका यी १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा धेरैलाई औषधि खुवाउने तयारी
काठमाण्डौँ । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो ।
...



