सोमबार, ०२ कात्तिक २०८३
नेपाली

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

Main News Image

काठमाडौँ  । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

काठमाडौंका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिंगारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

ललितपुरका सडक फूलले सजाइने

ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरप...

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

काठमाण्डौँ । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ...

जोर्ते उकालोमा टिप्पर दुर्घटना, २५० मिटर तल खस्दा चालकको ज्यान गयो !

पाल्पा । पाल्पाको रिद्धिकोट गाउँपालिका–२ स्थित जोर्ते उकालोमा आज बिहान भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिप्पर सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस...

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल...

विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ ।  पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफ...