मङ्गलबार, ०९ भदौ २०८३
नेपाली

केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति

Main News Image

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उनले अब ‘पदभन्दा बाहिर रहेर, भुइँस्तरमा बसेर पार्टी र जनताको हितमा समर्पित भएर लाग्ने’ बताए।बडाल २०७८ सालदेखि एमाले अनुशासन आयोगका अध्यक्ष रहेका थिए।

नेकपा ९माले०को स्थापना कालदेखि नै सक्रिय रहेका उनी २०३१ सालदेखि कम्यनिस्ट पार्टीमा सक्रिय रहेका हुन्। २०५६ सालदेखि केन्द्रीय कमिटी सदस्यका रूपमा उनले काम गरेका थिए।

 

mediabaaji add

सम्बन्धित खबर

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

काठमाडौँ ।  ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न प...

ओलीको दाबी : भदौ २४ को घटना योजनाबद्ध, आफू लक्षित आक्रमणको प्रयास भयो

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते भएको घटना योजनाबद्ध भएको दाबी गरेका छन् । भदौ २३ र २४ को घटनाबारे छानबिन गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको लिखित बयानमा ओलीले कम समयमा यत्रो क...

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत बुटवलमा आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोश...

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो । 

पार्टी प्रवक्ता मन...

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियस...

शेखरले देउवाको साथ छाड्न लागेको संकेत !

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगने निर्णय नगर्दासम्म देउवाको साथमा उभिएका नेता शेखर कोइरालाले देउवालाई दिइरहेको बलियो साथ फितलो बन्न थालेको छ । देउवा पक्षले आज आफू पक्षके केन्द्रीय समिति बैठक राखेका बेला शेखर भने आफ्नो समू...