बुधबार, ११ कात्तिक २०८३
नेपाली

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

Main News Image

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो । इरानको अर्को सर्वोच्च नेता घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ । मंगलबार कोममा विज्ञहरूको सभाले सर्वोच्च नेता चयन गर्न मतदान गरेको खबर बाहिरियो । विज्ञहरूको सभामा ८८ सदस्य हुन्छन्, जसले देशको सर्वोच्च नेता चुन्नेछन् । इरानका सर्वोच्च नेता खामेनी गत फेब्रुअरी २८ मा अमेरिकी इजरायली आक्रमणमा मारिएका हुन्। त्यसबेलादेखि यो पद खाली छ ।


mediabaaji add

सम्बन्धित खबर

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँप...