पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ
काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए ।
उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल प्रहरीका दुई डीआईजीको सरुवा, अख्तियारमा अरुण पौडेल
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। मन्त्रालयले असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।
नयाँ निर्णयअनुसार प्र...
खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित...
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्त...
प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँ...
थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...



