बिहिबार, २२ असोज २०८३
नेपाली

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

Main News Image

काठमाडौँ । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । यादव सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांसदको समर्थनमा उनी नियुक्त भएका हुन्।

एमालेका सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए।
गत कार्तिक २३ गते राति एमालेका यादवलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्दा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले मङ्सिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन वा लिन नसके उपधारा २ अनुसार अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

 

mediabaaji add

सम्बन्धित खबर

एमालेले दर्ता गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार सात दिनभित्र ल...

प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् ।बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहर...