झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट
काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्राथमिकता दिँदै आएको यस पार्टीले झापामा प्रतिनिधिहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको साम्पाङका सहयोगीले बताएका छन् ।
पार्टीले सार्वजनिक गरेको नामावली अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने क्षेत्र नम्बर २ मा केशव भण्डारीले प्रतिस्पर्धामा उतार्ने तयारी छ । त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिनालाई उम्मेदवार तोकिएको छ भने क्षेत्र नम्बर ४ मा अमृता राईले पार्टीको प्रतिनिधित्व गर्नेछिन्। झापाको अन्तिम निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर ५ बाट शिवम् स्वरानी मगरलाई उम्मेदवार बनाउने तयारी साम्पाङले गरेका छन् ।
साम्पाङले अघि सारेको श्रम र उत्पादनको मुद्दालाई जनस्तरसम्म पुर्याउन यी उम्मेदवारहरूले भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । दमकमा आयोजित सभामा ठूलो संख्यामा साम्पाङका समर्थक सहभागी थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्...
राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...
निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय
काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा शनिबार सम्पन्न बैठकमा निर्व...
पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो
काठमाण्डौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ । ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्ध...
माओवादी र एमालेले केही क्षेत्रमा गठबन्धन गरे
काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादीले केही निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने भएका छन् । एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तालमेलको सहमति भएको हो ।
सहमति अनुसार एमाले महासचिव पोखरेलको क्षेत्र दाङ...
मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने
जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ ।
मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी –ने...



