झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट
काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्राथमिकता दिँदै आएको यस पार्टीले झापामा प्रतिनिधिहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको साम्पाङका सहयोगीले बताएका छन् ।
पार्टीले सार्वजनिक गरेको नामावली अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने क्षेत्र नम्बर २ मा केशव भण्डारीले प्रतिस्पर्धामा उतार्ने तयारी छ । त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिनालाई उम्मेदवार तोकिएको छ भने क्षेत्र नम्बर ४ मा अमृता राईले पार्टीको प्रतिनिधित्व गर्नेछिन्। झापाको अन्तिम निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर ५ बाट शिवम् स्वरानी मगरलाई उम्मेदवार बनाउने तयारी साम्पाङले गरेका छन् ।
साम्पाङले अघि सारेको श्रम र उत्पादनको मुद्दालाई जनस्तरसम्म पुर्याउन यी उम्मेदवारहरूले भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । दमकमा आयोजित सभामा ठूलो संख्यामा साम्पाङका समर्थक सहभागी थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
राप्रपाले टुंग्यायो समानुपातिक सांसदको नाम, धादिङकी को परिन् ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले चार सिटका लागि प्रस्तावित नाम तय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन...
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भ...
मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने
मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य नि...
जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैः १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ । कार्यबाहक सभा...
आध्यात्मिक जीवनशैली मानसिक स्वास्थ्य सुधारका लागि उपयोगी हुन्छ – स्वास्थ्यमन्त्री डा गौतम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छिन् । तरङ्गीनि फाउण्डेशनले आ...



