झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट
काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्राथमिकता दिँदै आएको यस पार्टीले झापामा प्रतिनिधिहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको साम्पाङका सहयोगीले बताएका छन् ।
पार्टीले सार्वजनिक गरेको नामावली अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने क्षेत्र नम्बर २ मा केशव भण्डारीले प्रतिस्पर्धामा उतार्ने तयारी छ । त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिनालाई उम्मेदवार तोकिएको छ भने क्षेत्र नम्बर ४ मा अमृता राईले पार्टीको प्रतिनिधित्व गर्नेछिन्। झापाको अन्तिम निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर ५ बाट शिवम् स्वरानी मगरलाई उम्मेदवार बनाउने तयारी साम्पाङले गरेका छन् ।
साम्पाङले अघि सारेको श्रम र उत्पादनको मुद्दालाई जनस्तरसम्म पुर्याउन यी उम्मेदवारहरूले भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । दमकमा आयोजित सभामा ठूलो संख्यामा साम्पाङका समर्थक सहभागी थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने च...
अर्थतन्त्र सुधारका लागि कांग्रेस महामन्त्री पौडेलका १५ बुँदे प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारसम्बन्धी १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब नारामा सीमित नहुने र आर्थिक रूपान्तरणलाई नतिजामा लैजाने गरी ‘अपरेटिङ सिस्टम’ नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
ओली समूहमा अर्को विद्रोह : रघुजी पन्तले छाडे साथ
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । पन्तले अध्यक्ष केपी शर्मा ओलीको समूह छाडी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने...
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित...
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी
काठमाडौँ । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्द...
प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले वर्तमान...



