सोमबार, १९ असोज २०८३
नेपाली

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

Main News Image

काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आराधना गरिन्छ । ऋग्वेदमा ‘ओम् श्रीश्च ते लक्ष्मीश्च पत्नीः’ भनिँदै लक्ष्मीलाई सम्पूर्ण सृष्टिमा व्यापी शक्ति र विश्वकल्याणकी अधिष्ठात्री देवीका रूपमा वर्णन गरिएको छ ।

लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म(सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ। ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ भन्ने मन्त्रले पनि देवीको मातृत्व स्वरूपलाई उजागर गर्छ। यस दिन गृहस्थहरूले बेलुकीको समयमा वैदिक विधिअनुसार माता लक्ष्मीको पूजा गर्दछन्। चन्दन, अविर, फूल, अक्षता, जौ, तिल, दायाँ शंख, कौडा, कमलगट्टा र केसर आदिले पूजन गरिन्छ। लक्ष्मीलाई कमल, गुंगल, चन्दन र दीयोको उज्यालो अत्यन्त प्रिय लाग्ने गर्दछ।

लक्ष्मी माताको पूजाको विशेषता साँझकालमा घर–आँगन र पसलहरूमा दीप प्रज्वलन गरेर सम्पन्न हुन्छ। यस दिन उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानहरूमा पनि पूजा गरिन्छ। व्यापारिक बही–खाताबाट लिएर घरको देवालयसम्म लक्ष्मीको आराधना गरिन्छ।

‘ओम् महालक्ष्म्यै च विद्महे, विष्णुप्रियायै धीमहि, तन्नो लक्ष्मी प्रचोदयात्’ भन्ने बीज मन्त्रसहित श्रीसूक्त, लक्ष्मीसूक्त, गोपाल सहस्रनाम र विष्णु सहस्रनामावली पाठ गरेर रातभरि जाग्राम बसेर गरिन्छ। पौराणिक मान्यताअनुसार, कार्तिक कृष्ण औंसीका दिन स्वयं भगवान् सदाशिवले यो दिन लक्ष्मीको समर्पणमा अर्पण गर्नुपर्ने दिन भएको घोषणा गरेका थिए। त्यसैले यो दिन साँझपख लक्ष्मी आफ्ना वाहन उल्लूमा सवार भएर पृथ्वी भ्रमण गर्न आउँछिन् भन्ने विश्वास छ। उल्लू लक्ष्मीको वाहन र कुबेर उनका सचिवका रूपमा पूजा गरिन्छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वनजिक विदा

काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ  उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडि...

सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन

काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको...

आजबाट सुकुम्वासीलाई खाना बन्द, होल्डिङ सेन्टर छाड्नुपर्ने

काठमाडौँ । उपत्यकाका नदीखोला किनारका सुकुम्बासीलाई उपलब्ध गराएको खाने व्यवस्था आज मंगलबारबाट रोकिएको छ । बागमती सभ्यता एकिकतृ विकास समितिले हिजो सम्मको बिल भर्पाइ पेस गर्दै अब उप्रान्त खाना र केही दिनपछि वासस्थानको व्यवस्था रोक्न लागेको हो । ...

ललितपुरका सडक फूलले सजाइने

ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरप...

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...