मङ्गलबार, १३ असोज २०८३
नेपाली

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

Main News Image

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा पहिरोले जिल्लामा ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार ताराखोलामा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ। तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता छिन् ।


mediabaaji add

सम्बन्धित खबर

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ ।

अहिले देशभर आंशिक...

त्रिविद्वारा २०५३ सालयताका विद्यार्थीलाई मौका परीक्षाको अवसर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धम...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार(प्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल...

काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै

काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार...

जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो

काठमाण्डौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको छ ।

धनगढीस्थित कृष्ण मन...

आज देशभर सार्वजनिक बिदा : बैंक, सेयर बजार र सरकारी कार्यालयहरु बन्द रहने

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।  ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्...