साउनको अन्तिम सोमबार : पशुपतिमा जल चढाउन सुन्दरीजलमा भक्तजनको घुइँचो
काठमाडौँ । सौरमासअनुसार साउन महिनाको अन्तिम सोमबार आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउनका लागि हजारौँ भक्तजन सुन्दरीजल पुगेका छन् । प्रत्येक वर्ष साउनको सोमबार वाग्मती नदीको उद्गमस्थल नजिकै रहेको सुन्दरीजलमा स्नान गरी शुद्ध जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम परम्परा रहँदै आएको छ ।
यस वर्षको अन्तिम सोमबारका लागि बोलबम काँरिया संघ र सनातन युवा मञ्च नेपाललगायतका संस्थाहरूको आयोजनामा बोलबम यात्रा सुरु भएको हो। भक्तजनहरू आइतबार राति नै सुन्दरीजल पुगेर स्नानलगायतका नित्यकर्म गरी जल लिने तयारीमा जुटेका थिए ।
प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यस पटकको बोलबम यात्रामा १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भ...
भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ४११ को मृत्यु भएको पुष्टि, पाँच हजार ८७५ अझै बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म एक हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको पछिल्लो अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्य...
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...
सल्यान र सुर्खेतमा एक साताभित्र पाटेबाघको आक्रमणबाट तीनको मृत्यु
काठमाडौँ । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्...
एफएटिएफ समीक्षाः सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रह...
दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?
काठमाडौँ । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको ह...



