बुधबार, ११ कात्तिक २०८३
नेपाली

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन

Main News Image


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना थियोे।

        प्रमुख अतिथि तथा वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले उक्त बालकथा सङ्ग्रहको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ सरित् एक समर्पित र अब्बल कथाकार भएको चित्रण गर्नुभएको थियोे ।उहाँले 'बालमनोविज्ञानलाई आत्मसात् गरेर सरित्ले रच्नुभएको 'मेरी छोरी मान्य'उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याएको उल्लेख गर्नुभएको थियोे।

           विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा रचित 'मेरी छोरी मान्य' मूलत: बालबालिकाको चेतनातह र मनोविज्ञानलाई अठ्ठ्यार रचना गरिएको कृति हो ।यसमा समाजको सौन्दर्य ,गतिविधि र वातावरणलाई बुझाउन खोजिएको छ । त्यहाँ समेटिएका बालकथाहरू प्रायः बालबालिकालाई उत्प्रेरित गर्न सामर्थ्य राख्ने खालका छन् । सरित्को लेखनक्षमता बहुआयामिक विशेषताको रूपमा देखा परेको चित्रण गर्नुभएको थियोे । विशेष अतिथि साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान चामत्कारित रूपमा आएको बताउनुभएको थियो। 

       साहित्यकार तथा समालोचक डा.छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह 'मेरी छोरी मान्य'ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध ती कथाले जीवन ,समाज र ज्ञानबिचको तादात्मय बारे आफ्नो दृष्टिकोण राख्नुभएको थियोे।

       आफ्नो विमोचित बालकथा कृति 'मेरी छोरी मान्या'का सर्जक तथा वरिष्ठ आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित्ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्छ ।जसमा आफूले सामयिक घटना ,पात्र र उद्देश्यलाई सन्तुलित रूपमा मिलाउन सक्नुपर्छ।यो नै समाजपयोगी बालसाहित्य लेखनको मेरुदण्ड बन्ने बताउनु भएको थियोे ।

     कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताउनु भएको थियोे । कथाकार सरित्द्वारा रचित 'मेरी छोरी मान्या´बालकथा सङ्ग्रह निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले विमोचन तथा समीक्षात्मक कार्यक्रम राखेको बताउनुभएको थियोे ।

      नियमित पठनपाठनबाहेक सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत अब्बल यस राइजिङ बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे । लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी,स्मृति ,प्रमिशा कँडेल र रिसिका गुरुङले मिहिन ढङ्गबाट कृतिको समीक्षा गर्नुभएको थियोे।साथै, कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गर्नुभएको थियोे ।

mediabaaji add

सम्बन्धित खबर

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण

काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।

शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने

काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्ड...

गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन

चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गाय...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह

काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...