राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति
वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गरेका थिए ।
नागरिकता बोक्नेहरुले हाँस्दै देश छोडेको र नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोड्दै कृतिका लेखक राहुल शंकरमा देशभक्त भावना र उनका सिर्जनाहरु साँच्चिकै देशप्रेमले ओतप्रोत भएको कुरा वक्ता प्रकाश आङ्देम्बेले बताए ।
त्यसैगरी अर्का वक्ता शितल कादम्बिनीले 'राहुलका गजलहरु समकालीन नेपाली गजलको दुनियाँमा एक उत्कृष्ट गजल कृतिको रुपमा प्रकाशित भएको बताए ।'
कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न विमोचन कार्यक्रममा उक्त कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन
- दुर्बिन शर्मा 'विवेक'
वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...
पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...



