बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं

Main News Image

रुषा थापा_________________

भक्तपुर । सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन् । घरजग्गा व्यवसायी तथा दलालहरु पनि घरजग्गाको मूल्य निकै घटेको बताउँछन् । पाँच वर्षअघि ठाउँअनुसार आनाको २५ लाखदेखि २० करोडसम्म किनमेल भएको जग्गा अहिले त्यसको आधाभन्दा कम मूल्यमा समेत नबिक्ने बताइन्छ । 

घरजग्गाको मूल्य भूमाफियाहरुले कृत्रिम रुपमा बढाएका थिए । रोपनीको पाँच–दश हजारमा खेतीयोग्य जमिन किनेर उनीहरुले डोजर चलाए । र, टुक्राटुक्रा पारेर आनाकै लाखौं–करोडौंमा बेचे । एक रोपनीमा १६ आना जग्गा हुन्छ । खेतीयोग्य जमिन त सिध्याए नै सँगै सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी? वनजंगल, मठमन्दिरलगायतको जग्गासमेत दर्ता गरेर लगे । 

राजकुलो, कुँवा, पोखरी, ताल, राजपरिवार, पाटीपौवा, चौतारी, इनार, खोलानालासमेत उनीहरुले छोडेनन् । घरजग्गाको मूल्य घट्नुमा थुप्रै कारण छन् । कृत्रिम मूल्य त भइहाल्यो, मूल्य घट्नुमा कर्जा नउठ्नु पनि कारण हो । ९५ प्रतिशत सर्वसाधारणले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका छन् । एकै जनाले करोडौं कर्जा लिएका छन् । यहाँ एउटै व्यक्तिले दुईदेखि ६८ वटासम्म घर रहेको पाइन्छ । जग्गा पनि उत्तिकै । 

मानिसहरुले ऋण लिईलिई घरजग्गामा लगानी गरे । तर, बुढापाकाले ऋण भनेको घिन हो, रुखमुनिको बाली कहिले फल्दैन, ऋण लिने मान्छे कहिले उभो लाग्दैन भनेझैं भयो । चाँडो नाफा कमाउन मानिसहरुले धमाधम ऋण लिँदै घरजग्गा त किने वा बनाए । बैंक, वित्तिय संस्थाले पनि घुस खाएर यो क्षेत्रमा आँखा चिम्लेर लगानी गर्यो । अहिले तिनै सर्वसाधारण र बैंक, वित्तिय संस्था भाग्नुपर्ने अवस्थामा पुगेका छन् । 

ऋण तिर्न नसकेपछि अधिकांश मानिसहरुले हात उठाइसके । तर, बैंकले पनि कति जनाको घरजग्गा लिलाम गर्ने ? लिलाम गरिएका घरजग्गा फेरि कसले किन्ने ? बैंकले आधाभन्दा बढी कर्जा घरजग्गामा लगानी गरेको छ । ती सबैजसो ऋणले हात उठाइसके । धितो लिलाम गर, ऋण मिनाहा गर भन्न थालेका छन् । यद्यपि, घरजग्गाको मूल्यमा पहिलेभन्दा निकै गिरावट आइसकेको छ । 

करोडौंको घरजग्गामा लाखमा झरिसक्यो । अझै मूल्य घट्ने देखिन्छ । अर्कोतर्फ, घरजग्गा किनबेच पनि ठप्प छ । बजारमा घरजग्गा बेच्न हिँडेका मान्छे त थुप्रै पाइन्छन्, किन्ने कोही छैनन् । यसले बैंक, वित्तिय संस्थाले लिलाम गरिएका घरजग्गाबाट ऋण उठ्ने अवस्था छैन ।   ऋण नउठ्नु भनेको बैंक डुब्नु हो भने बैंक डुब्नु बचतकर्ता डुब्नुसरह हो । तत्कालिन राजा महेन्द्रले वि.सं. २०२१ सालमा भूमि ऐन ल्याए । त्यसपछि देशभर जग्गा नापी थालियो । 

ऐनमा लालपूर्जाको व्यवस्था गरिएको थियो । र, सरकारी टोलीले २०२१, ०२८ र ०३२ सालमा देशभर जग्गा नापी गरेर जनताको जग्गाको लालपूर्जा जनतालाई नै दियो । बाँकी जग्गा सरकारी, गुठी, ऐलानी, हदबन्दी, वनजंगललगायतका रुपमा सरकारको नाममा राखियो । काठमाडौंमा ०२१ सालमा जग्गा नापी भएको थियो । 

काठमाडौं महानगरपालिका–२९, कालिस्थान बासघारीमुनि पुतलीसडकको जग्गालाई सरकारको भनि राखिएको थियो । त्यहाँ ठूलो बासघारी थियो । अहिले फाँडेर अधिकांश जग्गामा संरचना बनाइएको छ त थोरै जमिनमा केराघारी छ । सँगै कालिस्थान र पिपलबोट अगाडिको सरकारी जग्गा र ढुंगेधारा, पोखरी पनि कब्जा भएको छ । 

ढुंगेधारा, पोखरी मासेर घर ठड्याइयो । घट्टेकुलोमा पानीघट्ट वा राजकुलो नै थियो । त्यो अहिले कतै देखिन्न । ०२९ सालसम्म धोवीखोला बगेर सिंहदरबार चोकसम्म आइपुग्थ्यो भन्नेहरु अहिलेपनि छन् । अहिले धोवीखोला कुलोमा परिणत भइसक्यो । हनुमानथानमा पनि केही दशकअघि पोखरी, ढुंगेधारासँगै मन्दिर नै रहेकोमा अहिले गायब छ । भोटेबहाल, सुन्धारामा पनि पोखरी थियो । अनामनगरस्थित हाल बिगमार्ट रहेको ठाउँमा पहिले आल र मन्दिर रहेको बताइन्छ । 

अनामनगरकै भाटभटेनी, धोवीखोला, बिजुलीबजार, बबरमहल, रातो भाले, काठमाडौं सिडिओ कार्यालय, माइतीघर र अन्नपूर्ण अस्पताल सञ्चालितसहित आसपासको जग्गा सरकारी भएको रैथाने स्थानीय दाबी गर्छन् । उता, मैत्रीदेवीमा पेट्रोल पम्प सञ्चालितसहित छेउछाउ घरलगायत संरचना बनेका जमिन पनि सरकारी नै रहेको बताइन्छ । 

गौशालाको सिफलचौरमुनि भण्डारखाल, माइती नेपालस्थित विजय चोक, संगम चोक, पिगंलथानलगायतको हजारौं रोपनी सरकारी जग्गा पनि व्यक्तिका नाममा गएको छ । मुलुकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै जग्गासमेत कब्जा भएको अवस्था छ । सिंहदरबार पछाडिको सबै जग्गा व्यक्तिका नाममा गइसकेको छ । ०४६ सालअघि घोडा पाल्न भनी राखिएको जग्गामा अहिले घरैघर देखिन सकिन्छ । 

यो त काठमाडौंको मात्र हो । काठमाडौं उपत्यकामा ६३४ वटा ढुंगेधारा थिए । हजारौं पोखरी, आल, कुँवा, राजकुलो, इनार, पार्टीपौवा, चौतारा थिए । हजारौं मठमन्दिर थिए । अहिले कता छ ? कसैलाई थाहा छैन । यतिसम्म कि मरेका मान्छे जलाउने आर्यघाटको जग्गासमेत व्यक्तिका नाममा लगियो । देशभरिका लाखौं रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा छ । खोला कब्जा लगेर पा खोलामाथि नै घर ठड्याइएको भेटिन्छ । 

०६५ मंसिर १ गतेको क्याबिनेट बैठकले खोलाको २० मिटर दायाँबायाँ घरलगायत संरचना बनाउन नपाइने निर्णय गरेको थियो । ०८० पुस ३ र ०८२ माघ ४ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार ती २० मिटरभित्र बनेका संरचना सरकारले भत्काउनुपर्ने छ । ०८१ मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकले भवन निर्माण तथा नक्सा पाससम्बन्धी ०६४ को मापदण्ड खारेज गर्दै ०८१ पारित गर्यो । जुन राजपत्रमा प्रकाशित भइसक्यो । 

यो मापदण्डअनुसार अब घर तीन पटी जोडेर बनाउन पाइँदैन । घर बनाउँदा ४० प्रतिशत खुल्ला ठाउँ छोड्नुपर्छ । र, पहिले घर बनाउँदा १० मिटर बाटोका निम्ति छोड्नुपर्नेमा सात मिटर थप गरिएको छ । यस्तै, पहिले ट्रान्सफर्मरको ९ मिटर टाढा घर बनाउन पाउनेमा  १५ मिटर बनाइएको छ भने हाइटेन्सनको २५ मिटर रहेकोमा ३५ मिटर कायम गरिएको छ । 

यी सन्दर्भ घरजग्गाको मूल्य घट्नुसँग कसरी सम्बन्धित छ ? भन्नुपर्दा वालेन सरकार तातिनु हो । सरकारले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने तयारी गरेसँगै मानिसहरुले सार्वजनिक जग्गामा बनेका आफ्ना घर, भवनलगायत संरचना सस्तोमा बेच्न कस्सिएका हुन् । त्यसैले, आम नागरिक सचेत हौं । सस्तोमा पाइयो भनेर नकिनौं, फेरि फेसिएला । सरकार पनि जनतालाई सचेत गराउनुपर्यो । 


mediabaaji add

सम्बन्धित खबर

विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण : महसुल घटाई आन्तरिक खपत बढाउने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणालीको विकास गर्ने लक्ष्यका साथ प्राधिकरण सञ्चा...

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुप...

विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ २२ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

युरोपेली...

कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने...

शुक्रबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...