बुधबार, १० भदौ २०८३
नेपाली

किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

Main News Image

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए ।

शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘एउटा समस्या रहेछ चितवनमा। जहाँ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको देखिन्छ। त्यसमा किसानले बजार नपाउँदा र सहि मूल्य नपाउँदा यस्तो अवस्थाको सामना गरिरहनु भएको छ। केही सिमित विचौलिया, सिमित नेताहरुको सिण्डिकेटले गर्दा यस्तो भइरहेको हो। यस्तो भ्रम रोक्न जरुरी छ। नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन समयका तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने महंगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ । किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा किन्न सक्छ, त्यो गर्न चाहन्छौं हामी ।’

उनले देशभरका समस्याहरू धेरै हदसम्म उस्तै प्रकृतिका रहेको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । ‘एउटा जिल्लाको समस्या अर्को जिल्लामा समाधान हुन सक्छ, त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने ।

mediabaaji add

सम्बन्धित खबर

महेश बस्नेत पुग्ने भएपछि धनगढीमा प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलाली पुग्ने भएसँगै उनको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित उनी विरुद्ध प्रदर्शन गरेका हुन् ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँध...

पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो । सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दि...

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे बस्ने गरि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्...

प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी : आग्रहप्रेरित कटाक्ष गरेर तरंगित नबनाउनूस्

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका अर्का नेता प्रदीप ज्ञवालीलाई आग्रह प्रेरित कटाक्ष नगर्न चेतावनी दिएका छन् । हालै सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा पराजित नेता पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक...

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुमा आकस्मिक ‘एन्जियोप्लाष्टी’

काठमाडौँ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।

आज बिहान छातीमा गम्भीर दुखाइ महसुस भएपछि उनलाई तत्काल ललितपुरस्थित...