नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
२१ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ । आइतबार गठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो ।
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । तीमध्येबाट नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार–२०८२ प्रदान गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षीतले जानकारी दिए ।
वि।सं। २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एक आधार मानिन्छ । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका तीन कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो । त्यसयता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...



