आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आआफ्नै ढंगले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् ।
विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालले जानकारी दिए ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका २ कैदी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहे...
शुक्रबार मगर दिवसको सार्वजनिक बिदा
गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फ...
त्रिशूली नदीमा दुई मजदुर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर
काठमाडौं । सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने दुई जना कामदार त्रिशूली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दिय...
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने, खाना र वस्तुको विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महान...
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अदालतले दिएन म्याद, भए रिहा
काठमाण्डौँ । दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन् । सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो। उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डि...
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...



