शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

Main News Image

काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्तुत गरिएको भन्दै आलोचना भएपछि गीत हटाइएको हो ।

गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिलगायतका शिक्षकसम्बद्ध संघ–संगठनले आपत्ति जनाएका थिए । उनीहरूले गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै तत्काल हटाउन माग गरेका थिए ।

विवाद चर्किएपछि अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत माफी मागेकी छन् । उनले गीतका केही शब्द र दृश्यले शिक्षक–शिक्षिकाको पेसा तथा यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा चोट पुगेको भन्दै आफू र आफ्नो सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना गरेकी हुन् ।


mediabaaji add

सम्बन्धित खबर

गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन ग...