बुधबार, ११ कात्तिक २०८३
नेपाली

मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

Main News Image

काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’, समालोचक डा। हरि सिलवाल तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका हुन् । 

कथा संग्रह सार्वजनिक गर्ने क्रममा वक्ताहरूले पोखरेलका कथाहरूले समकालीन समाजका संवेदना, भोगाइ र मानवीय मनोविज्ञानलाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गरे । कार्यक्रमलाई साहित्यिक रूपमा अर्थपूर्ण बनाउँदै सोही अवसरमा ‘अमर ज्योति साहित्यिक पत्रकारिता विशेषाङ्क’ पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा लेखक पोखरेलले आफ्ना कथाहरूको सिर्जना प्रक्रिया र कृतिको भावभूमिबारे चर्चा गरेका थिए । त्यसैगरी नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकको भूमिका र साहित्यिक पत्रकारिताको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...

पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा

काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...