बिहिबार, २५ भदौ २०८३
नेपाली

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

Main News Image

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उजुरीहरु दर्ता भएको अदालतका प्रवक्ता होमनाथ कँडेलले जानकारी दिए । उनका अनुसार अन्य अटो रिलेटेड, टेक्नोलोजी र निर्माणसम्बन्धी मुद्दाहरु दर्ता भएका छन्।

उनले चिकित्सकीय लापरवाहीमा दर्ता भएका १२ वटा उजुरी मध्य तीन वटाको मात्र फैसला भएको र एउटा मिलापत्रको आधारमा टुंगो लगाइएको जानकारी दिए। उनले भने,‘अहिलेसम्म दर्ता भएका मुद्दाहरूमा सबैभन्दा धेरै मेडिकल क्षेत्रको छ। चिकित्सकीय लापरबाही भनेर आएको छ। मेडिकल सम्बन्धी १२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये दुईवटा मुद्दा काठमाडौं जिल्ला अदालतमा पहिले परेको र पछि यता ट्रान्सफर भएर आएको मुद्दा हो । फैसलाको कुरा गर्दा मेडिकल क्षेत्रको अहिलेसम्म तीनवटा भएको छ। एउटा मिलापत्र भएको छ । अटो रिलेटेड, गाडी, मोटरसाइकल रिलेटेडहरू मुद्दाहरु पनि धेरै छन्। टेक्नोलोजीसँग सम्बन्धित अर्थात कम्प्युटर, ल्यापटप, अनि सफ्टवेयर र निर्माणसम्बन्धी मुद्दाहरू पनि दर्ता गरेका छौं। धेरै चाहीं मेडिकल सम्बन्धी नै छन्।’

नर्भिक इन्टरनेसनल हस्पिटलविरुद्ध प्रकाश राई यादवले दिएको उजुरी मिलापत्र भइसकेको उनले जानकारी दिए।

‘प्रकाश राई यादवले नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिविरुद्ध दिएको उजुरी काठमाडौं जिल्ला अदालतमै दर्ता भएको थियो। त्यहाँबाट यहाँ आयो। यो हाल मिलापत्र भइसक्यो,’उनले भने ।

उनको अनुसार लापरबाहीका कारण ओम अस्पताल, ग्रान्डी सिटी अस्पताल, एभरेष्ट हस्पिटल, नेपाल मेडिकल कलेज, कान्ति बाल अस्पताल लगायतविरुद्द उजुरी परेका छन्। ‘नेपाल कोरिया फ्रेन्डसिप हस्पिटल, नेपाल मेडिकल कलेज, कान्ति बाल अस्पताल, मनमोहन मेमोरियल अस्पताल, ओम हस्पिटल, ग्रान्डी सिटी अस्पताल, नर्भिक अस्पताल, एभरेष्ट अस्पतालविरुद्ध उजुरी परेको छन्,’ उनले भने।

अदालतमा आउने मुद्दाहरुमा अहिलेसम्म सबै देवानी मुद्दा रहेको उनले बताए । उनको अनुसार मेडिकलपछि दोस्रोमा अटोसँग रिलेटेड मुद्दाहरु धेरै दर्ता भएका छन्। गत असारमा उपचारका क्रममा चिकित्सक र ग्राण्डी सिटी अस्पताल दुबै पक्षबाट लापरबाही भएको आरोप लगाउँदै बिरामी वर्षा भण्डारीले दायर गरेको क्षतिपूर्ति सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले फैसला सुनाएको थियो । अदालतले भण्डारीलाई कुल ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको थियो।

त्यसअघि हिमाल अस्पताल र ओम अस्पताललाई पनि अदालतले क्षतिपूर्तिको आदेश दिइएको थियो । यी फैसलापछि गत असारमै नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप भएको दाबी गर्दै चिकित्सकहरूलाई हतोत्साहित पार्ने काम भएको भनेर चिकित्सकहरु सडक आन्दोलनमा समेत उत्रिएका थिए । तर, कँडेलले ऐनलाई टेकेर अदालते आफ्नो काम कारबाही अगाडि बढाएको कारण मेडिकल काउन्सिलको क्षेत्राधिकारभित्रको हस्पक्षेत भन्न नमिल्ने प्रतिक्रिया दिए।

‘हस्तक्षेप गरेको भन्नलाई क्षेत्राधिकारभित्र हामी छिरेको भए हस्तक्षेप हुन्थ्यो । हाम्रो ऐनले स्पष्टै पारेको छ । हामीलाई के–के गर्न मिल्छ भन्ने अधिकार दिएको छ । हामी त्यही ऐनभित्र रहेर काम कारबाही गरेको हुँदा हस्तक्षेप नभनौं । अब उहाँहरूले कसरी लिनुहुन्छ, त्यो उहाँहरूको कुरा हो । हामी, हाम्रै ऐनले बाँधिएर मात्र काम गर्छौं’,उनले भने,‘हामीसँग आएर सिधै कहिले असन्तुष्टि व्यक्त गर्नु भएन । किनभने त्यो हामीले बनाएको होइन । हामी त आएको ऐन कार्यान्वयनमा मात्र बसेका छौं । उहाँहरूको असन्तुष्टि होला तर के भने, फैसलाको विरोध गर्नु आफैँमा ठीक होइन ।’ उपभोक्ता संरक्षण ऐन, २०७५ मा मेडिकल लापरबाहीको विषय उल्लेख गरिएको छ ।

धेरैजसो पीडिहरु उजुरी मिडिया काउन्सिलमा गएर दर्ता गराउने कि उपभोक्ता अदालतमा गराउने भन्ने विषयमा अन्योलमा परेको बताउँदै उनले दुबैतिर जान सकिने स्पष्ट पारे । काउन्सिलले डाक्टरहरुको कमजोरी हेरेर कारबाही गर्न सक्ने भएतापनि क्षतिपूर्तिको व्यवस्था भने उपभोक्ता ऐनमा मात्र रहेको उनले बताए ।

mediabaaji add

सम्बन्धित खबर

घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...

डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह

काठमाडौँ । जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई पटक–पटक अन...

काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्व...

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।  सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...

हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औष...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षे...