बिहिबार, १८ भदौ २०८३
नेपाली

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता सम्पन्न

Main News Image

काठमाण्डौँ । आकर्षक बोनसदर सहित विगत ३७ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी मिति २०८३÷०१÷०९ गते, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्वन्धमा सम्झौता सम्पन्न भयो । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ । यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रु...

बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न...

नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ । 

के...

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस्  सिइओ नियुक्त गरेको...

बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक ५ हजारले वृद्धि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सि...

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आ...