शुक्रबार, १५ साउन २०८३
नेपाली

संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

Main News Image

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित प्रोजेक्ट एड टु नेपाल, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल ल्याबोरेटरी स्थापना तथा भूमि प्रशासनको डिजिटलीकरण लगायतका द्विपक्षीय सहयोगका विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। रेशमलाल चौधरीले चुनाव चिह्न जाँतो राखेर नयाँ दल दर्ता गराएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार योसँगै आयोगमा दर्ता भएका राजनीति...

गगन थापाको टोली फेरि निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग जाने भएका छन् । सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन्...

अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ प...

पार्टी नेतृत्वको फैसला महाधिवेशले नै गर्छः उपमहासचिव ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चि...

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरु...

निर्वाचन आउन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ ।

संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अ...