बिहिबार, १८ भदौ २०८३
नेपाली

मेलम्ची खानेपानीको पथान्तरण बन्द गर्ने चेतावनी

Main News Image

काठमाडौँ । मेलम्चीवासीले १० दिनभित्र आफ्ना माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्ता तथा बाढी पीडितले आइतबार खानेपानी मन्त्री मदन परियारलाई भेटेर यस्तो चेतावनी दिएका हुन् ।

मेलम्ची खानेपानीका वितरक उत्तरकुमार श्रेष्ठकाअनुसार मन्त्री यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दश दिनको समय मागेका छन् । २०७८को बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा गर्न तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयनको माग गर्दै पीडितहरुले पटक पटक पानी पथान्तरण नै बन्द गर्ने गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...

देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्र रमजानको ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिए...