मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते
काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिलाको मृत्यु भएको त्यहाँका गभर्नर एभलिन साल्गाडोले बताएका छन् ।
यसैगरी भूकम्पका कारण मेक्सिको सिटीमा ६० वर्षीय पुरुषको मृत्यु भएको त्यहाँकी मेयर क्लारा ब्रुगाडाले पुष्टि गरेकी छन् । साथै उनले १२ जना घाइते भएको जानकारी पनि दिएकी छन् । भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी राज्य गुरेरोको सान मार्कोस नजिकै थियो । गुरेरो लोकप्रिय पर्यटकीय सहर अकापुल्कोनजिकै छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि
काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...
महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम
काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।
प्रतिवेद...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...
इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास
काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...



