मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते
काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिलाको मृत्यु भएको त्यहाँका गभर्नर एभलिन साल्गाडोले बताएका छन् ।
यसैगरी भूकम्पका कारण मेक्सिको सिटीमा ६० वर्षीय पुरुषको मृत्यु भएको त्यहाँकी मेयर क्लारा ब्रुगाडाले पुष्टि गरेकी छन् । साथै उनले १२ जना घाइते भएको जानकारी पनि दिएकी छन् । भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी राज्य गुरेरोको सान मार्कोस नजिकै थियो । गुरेरो लोकप्रिय पर्यटकीय सहर अकापुल्कोनजिकै छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
शेख हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...
क्यानडाले स्वागत गर्यो ईयूको ‘सहयोगी सदस्य’ बन्ने प्रस्ताव
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूको क्यानडालाई पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावको स्वागत गरेका छन् । उनले रक्षा, महत्वपूर्ण खनिज र ऊर्जा सुरक्षालगायतका क्षेत्रमा क्यानडा र युरोपबीच थप सहकार्यको आवश्यकता औँल्याए...
आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने
काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व आर्थिक मञ्च डब्ल्यूईएफ २०२६ मा भाग लिन आज स्विट्जरल्यान्डको डाभोसमा पुग्दै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले बुधबार साँझ ग्रिनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डासहित व...
रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा
काठमाडौँ । दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्स...
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।



