सिलिन्डर लगेका स्थानीयलाई फिर्ता गर्न प्रहरीको माइकिङ
मुग्लिङ । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर निकालेर लगेका स्थानीयलाई प्रहरीले ती सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले मुग्लिङ क्षेत्रमा माइकिङ गर्दै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर तथा अन्य सामग्री आफूसँग नराखी सम्बन्धित निकायलाई फिर्ता गर्न आग्रह गरेको हो ।
प्रहरीले सिलिन्डर फिर्ता नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ । बाढीका कारण विभिन्न स्थानबाट बगाएर ल्याइएका सामान फेला परेमा आफूखुसी लैजान तथा प्रयोग नगर्न प्रहरीले स्थानीयलाई सचेत गराएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वनजिक विदा
काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडि...
हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए
काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।
स्पेनको सिभिल गार्डका...



