सोमबार, १९ असोज २०८३
नेपाली

महाकाली सिँचाइको अनुगमनमा मन्त्री घिसिङ, भने-पानी छोड्ने विषयमा भारतसँग कुरा भइरहेको छ

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर ब्यारेजेको निरीक्षण गरेका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताए ।

पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उनको भनाई थियो । उनले कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वाससमेत व्यक्त गरे । नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्यूसेक र वर्षायाममा एक हजार क्यूसेक पानी पाउने व्यवस्था रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७०...

नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमत...

नेप्सेमा सामान्य सुधार : ७ अंकले बढ्दा ४ अर्ब ४० करोडको कारोबार

४ भदौ, काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स,...

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ...

कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?

काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६...

सुनको मूल्य १२ सयले घट्यो !

काठमाडौँ  । स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ६ हजार सात सय कायम भएको छ । मंगलबार एक तोला सुन तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको...