मङ्गलबार, २७ असोज २०८३
नेपाली

बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह

Main News Image

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने  भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै त्यसक्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा अवरोध गरेका थिए । फोहोर बिजर्सनमा अवरोध भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ल्याण्डफिल्ड साइटमा गत १६ कात्तिकमा गएर तत्काल पूरा गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरु कार्यान्वयनमा गइसकेकाले अब फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

स्थानीयको मागबमोजिम ल्याण्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सम्पन्न गरिएको छ । त्यस्तै प्रतिबद्धता अनुसार, शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रभावित धुनिवेसी नगरपालिकाका प्रमुख तथा ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौं महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रहेको सकजीकरण समिति गठन गरिएको छ ।

समितिले विगतमा भएका सहमति कार्यान्वय अवस्थाको प्रगति विवरण तयार गरेको छ । मुआब्जा तथा क्षतिपूर्तिका लागि समितिबाट तत्कालको लागि सिसडोलमा अपनाइएको विधिअनुसार ल्याण्डफिल्ड साइट नजिक पर्ने धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति स्वरुप रकम वितरण गर्न काठमाडौं महानगरपालिकालाई पत्रचार गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...

फेवातालमा कार खस्यो, एक जनाको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

घटनामा स्याङ्जा फेदीखोला...

नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेट...

नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरूमा प्रति परिवार २२ केजीका दरले...

जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ ।  विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...

भोटेकोशीको बाढीले खोस्यो पौडेल परिवारको बुढेसकालको सहारा

बर्दिया । भोटेकोशीमा आएको भीषण बाढीले बर्दियाको बाँसगढी नगरपालिका ८, लक्ष्मणाका पौडेल परिवारमा कहिल्यै नपुर्ने घाउ छाडेको छ । नुवाकोटस्थित त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेलसहित उनको सिंगो परिवार बाढीमा...