मङ्गलबार, २३ भदौ २०८३
नेपाली

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक अक्टोबर २७–३०, २०२५ सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् । सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ ।

नेपालको तर्फबाट सहभागिता जनाउँदै मन्त्री घिसिङले सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।

mediabaaji add

सम्बन्धित खबर

संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठ...

रास्वपाका कार्यकर्ताले राजा वीरेन्द्रको शालिकमाथि टेकेकोमा राप्रपाको आपत्ति

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि उभिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । रास्वपाका अध्यक्ष रलि लामिछाने दाङ गएको बेलामा रास्वपा...

प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी : आग्रहप्रेरित कटाक्ष गरेर तरंगित नबनाउनूस्

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका अर्का नेता प्रदीप ज्ञवालीलाई आग्रह प्रेरित कटाक्ष नगर्न चेतावनी दिएका छन् । हालै सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा पराजित नेता पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक...

नवनियुक्त सभामुख अर्यालले आइतबार शपथ ग्रहण गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको नवनियुक्त सभामुख डोलप्रसाद अर्याल आइतबार सपथ ग्रहण गर्न लागेका छन् । राष्ट्रपति कार्यालयका अनुसार, अर्यालको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे शितल निवासमा आयोजना हुनेछ । कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका...

को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइडरहरूको समूह भएको खुलेको छ । उक्त समूहका एक जना दाबा लामाबाहेक सबै नेपाली रहेको प्रहरीले निष्कर्ष निक...

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छ...