औषधि वितरण सहज बनाउन आवश्यक सवारी तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था तथा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
बबरमहलस्थित नेपाल औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत उच्च अधिकारी पनि सहभागी थिए। अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराउँदै संस्थाको प्रगति र चुनौतीबारे जानकारी दिएका थिए ।
महाप्रबन्धक पनेरुले हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उत्पादित औषधि देशभर वितरण गर्न आवश्यक सवारीसाधनको अभाव रहेको बताएका थिए। उनका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरण प्रभावित हुँदै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...
काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...
सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहनुस्
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहन अनुरोध गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै आफुपनि यो भाइरस देखि जोगिन भनेको हो ।
मन्त्रालयले त्यसका...
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित
काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...
चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन्।
ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन्। स्थानीय खेम र...
बाजुरामा १८ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
बाजुरा । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध...



