मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

विषादी नियन्त्रणमा कडाइ गर्न मन्त्रालयको अनुरोध

Main News Image

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ । हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निकायको सूचनालाई आधार मान्दै मन्त्रालयले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा गम्भीर खतरा देखिएको भन्दै उक्त कदम चालेको हो ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सबै स्थानीय तहहरूलाई आज पत्राचार गर्दै पाँच बुँदे पत्र जारी गरेको छ । नेपालको संविधानले कृषि तथा कृषि उत्पादन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएकाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा स्थानीय सरकारको भूमिका निर्णायक हुने जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ । संघको यस निर्णयसँगै आज देशैभरका अस्पतालहरूमा बहिरङ्ग ओपिडी लगायतका...

उपत्यकामा बर्ड फ्लुको तीव्र जोखिम : ६ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म देशभरका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय...

काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव

काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शी...

घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...