शनिबार, ०३ असोज २०८३
नेपाली

बेपत्ता पुष्पाको शव नदि किनारमा फेला

Main News Image

सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट हाम फालेर बेपत्ता हुनुभएको २१ वर्षीया पुष्पा सिंह बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

पुष्पा दाङको तुलसिपुर–६ वरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती हुन् । निरन्तर खोजीपछि केही समय अघिमात्र पुष्पाको शव फेला परेको र शवको घरपरिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोरको टोली तथा विशेषज्ञ टोलीले उहाँको खोजी गरेको थियो । बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीमा आएकी पुष्पा श्रीमानसँगै पुलमा तस्बिर खिच्दै गर्दा नदीमा हाम फालेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...

सप्तरीमा पुजारीको गोली हानि हत्या

सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...

सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’

काठमाण्डौँ ।  खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै  खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...

सम्पत्ति शुद्धीकरण मुद्दामा ‘चक्रे मिलन’ले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’लाई सर्वोच्च अदालतले सफाइ दिएको छ । विशेष अदालतले यसअघि गुरुङको पक्षमा गरेको सफाइको फैसलालाई चुनौती दिँदै सरकारले दायर गरेको पुनरावेदन निवेदनल...

इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई...