सोमबार, ०९ कात्तिक २०८३
नेपाली

जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !

Main News Image

काठमाण्डौँ । राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ । विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक विरोधस्थल जन्तर(मन्तरमा ‘कक्रोच जनता पार्टी’  को ब्यानरमा सञ्चालित सशक्त आन्दोलन र देशभर फैलिएको विद्यार्थी विरोधको राप सहन नसकेपछि शिक्षामन्त्री प्रधानले राजीनामा बुझाएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण

काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्...