शनिबार, २७ भदौ २०८३
नेपाली

मोदीले पुटिनसँग भने – हामी युक्रेन युद्धमा तटस्थ रहन सक्दैनौँ, हामी शान्ति चाहन्छौँ

Main News Image

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूस–युक्रेन युद्धमा भारत तटस्थ रहन नसक्ने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार हैदराबाद हाउसमा वार्ता गर्दै मोदीले भारत तटस्थ बस्न नसक्ने भन्दै आफूहरुले शान्ति चाहेको बताएका हुन् । प्रधानमन्त्री मोदीले भने, ‘विश्वलाई फेरि एक पटक शान्तिको आवश्यकता छ। भारतले शान्तिको लागि गरेको हरेक प्रयासलाई समर्थन गर्दछ।’

पुटिनले युक्रेनमा शान्तिको लागि प्रधानमन्त्री मोदीको प्रयासको लागि धन्यवाद दिँदै भने, ‘रूस पनि शान्तिको पक्षमा छ।’ पुटिन र मोदीबीच शुक्रबार दिउँसो हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई नेताहरू चाँडै २३ औं भारत–रूस शिखर सम्मेलनमा भाग लिनेछन्। शुक्रबार भारत र रूसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति पुटिनलाई आज बिहान राष्ट्रपति भवनमा २१ तोपको सलामीका साथ स्वागत गरिएको थियो। त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि पुटिन राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट गएका थिए । 

mediabaaji add

सम्बन्धित खबर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा

काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् । 

बंगलादेशमा सन् २०२४ मा...

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ ।

बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्...

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने...

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।

सर्वसाधारणको...

इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्व...